News Griha :: न्यूजगृह
जसपाले गर्‍यो जिल्ला समिति पुनर्गठन

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना विभिन्न पाँच जिल्ला समिति पुनर्गठन गरेको छ ।

भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र इलाम जिल्ला समिति आइतबार पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार भक्तपुरमा श्याम शिल्पकार, काभ्रेपलाञ्चोकमा वीरबहादुर तामाङ, सिन्धुपाल्चोकमा जगत मोक्तान, धादिङमा इमानसिंह तामाङको अध्यक्षतामा जिल्ला समिति रुपान्तरण गरिएको छ ।

पुनर्गठित जिल्ला समिति २१ सदस्यीय रहेको सो पार्टीले जनाएको छ ।

आइतबार नै इलाम जिल्ला समिति पनि पुनर्गठन भएको छ । छिकिन तामाङको अध्यक्षतामा पुनर्गठित समिति ३१ सदस्यीय रहेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ११:१८
Weather Update