News Griha :: न्यूजगृह
दसैँ सुरु भएसँगै कति पुग्यो हरियो तरकारी र फलफूलको मूल्य ?  

काठमाडौं— आजबाट बडादसैँ सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनामा शक्तिपीठ तथा घरघरमा जमरा राखिँदैछ ।

दसैँको पहिलो दिन पनि कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले हरियो तरकारी र फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य ३५ रुपैयाँ प्रतिकेजी र सानो गोलभेँडा ३० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ । आलु रातो ६० रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ । 

प्रतिकेजी लोकल गाँजर ११०, बन्दा ५०, स्थानीय काउली १००, रातो मूला ६०, लोकल सेतो मूला ३०, भन्टा लाम्चो ३०, तने बोडी १२०, मकै बोडी ७०, मटरकोशा २५०, घिउ सिमी ६०, राजमा सिमी २५०, भटमासकोशा ९०, तितो करेला ६०, लौका ६०, परवल ५०,घिरौँला १००,फर्सी पाकेको ४०,हरियो फर्सी ६०,भिन्डि ७०, बरेला ७०, रायो साग ५०,तोरीको साग ४०,कन्य च्याउ १५०,डल्ले च्याउ ३५०, कुरीलो ५०० र काँक्रो ९० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

समितिले फलफूलमा फूजी स्याउ ३००, केरा १४०, कागती १६०, अनार ४००, कालो अंगुर ४००, सुन्तला भारतीय १३०, तरबुजा ६०, मौसम १२०, मेवा नेपाली ७०, किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १०:३६
Weather Update