News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओलीलाई

काठमाडौं— कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहान ओली निवास बालकोटमा भेटेका छन् ।

शनिबार मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौंमा रहेका कार्कीले अध्यक्ष ओलीलाई भेटेका हुन् । भेटमा मुख्यमन्त्री कार्कीलाई ओलीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएपछि कार्कीले एमालेसँग आफूले गरेको सहमतिमा धोका नदिने बताए ।

कार्कीसहित कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री कार्कीले आज प्रदेश प्रमुख पर्शुराम खापुङ्गबाट पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ११:३०
Weather Update