News Griha :: न्यूजगृह
सरकार र आन्दोलनरत स्थानीय तह कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं— आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा शनिबार भएको वार्तामा १९ बुँदे सहमति भएको संघर्ष समितिका सहसंयोजक रामप्रसाद न्यौपानेले जानकारी दिए । संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी दुई साता यता आन्दोलित थिए ।

ऐनमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानून निर्माण गर्न पहल गर्ने, विद्यमान कानूनमा भएको सेवा परिवर्तन सम्बन्धी व्यवस्था बमोजिम आवश्यकता अनुसार प्रकृया अगाडि बढाइने लगायतका विविध १९ बुँदे सहमति भएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०९:१५
Weather Update