News Griha :: न्यूजगृह
मध्यावधि निर्वाचन रोक्न सरकार निर्माणः नवनियुक्त मुख्यमन्त्री कार्की
मध्यावधि निर्वाचन रोक्न सरकार निर्माणः नवनियुक्त मुख्यमन्त्री कार्की कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट शनिबार मुख्यमन्त्रीको नियुक्तिपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश सभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताए । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार (५) अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मक...
विश्वकप क्रिकेट : पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य
विश्वकप क्रिकेट : पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको हो ।  पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । ५८ बल सामना गरेका उनले ७ चौका प्रहार गरे । त्यस्तै मोहम्मद रिजवानले ६९ बलमा ४९ रन बनाए ।
सरकारी पक्षपातले अराजकता निम्त्याउँछ : ओली
सरकारी पक्षपातले अराजकता निम्त्याउँछ : ओली काठमाडौंमा शनिबार आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सरकारी क्षेत्रबाट हुने विभेद नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताए ।
दसैँ आयो
दसैँ आयो
माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक
माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ ।विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा शनिबार अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा सकारात्मक निष्कर्ष निस्किएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ...
माइतीघरमा १२१ दिनदेखि धर्नामा बसेको परिवार नै प्रहरी नियन्त्रणमा
माइतीघरमा १२१ दिनदेखि धर्नामा बसेको परिवार नै प्रहरी नियन्त्रणमा माइतीघरमा १२१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार धर्नामा रहेका आरतीका बुवा विनोदप्रसाद साह, आमा निर्मलादेवी र भाइ प्रेमलाई नियन्त्रणमा लिएर राखेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
विना र आभालाई लक्ष्मण र चन्द्रको 'उडीउडी चुप्पा' [भिडिओसहित]
विना र आभालाई लक्ष्मण र चन्द्रको 'उडीउडी चुप्पा' [भिडिओसहित] युवा पुस्तामाझ भाइरल थेगो 'उडीउडी चुप्पा' बोलमा बनेको नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटक बाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडिओलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाले दिए पदबाट राजीनामा
कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाले दिए पदबाट राजीनामा शनिबार कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि थापाले दलको नेताबाट राजीनामा दिएका हुन् । शनिबार पत्रकार सम्मेलन गरी थापाले दलको नेताबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 
प्राधिकरणले गर्‍यो मनाङ एअरलाई निलम्बन
प्राधिकरणले गर्‍यो मनाङ एअरलाई निलम्बन प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एअर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको हो ।मनाङ एअरको नाइनएन-एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार हेलिकप्टर दुर्घटनामा परेको थियो । शनिबार बिहान सवा सात बजे उक्त हेलिकप्टर सोलुखुम्बुको लोबुचे भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटना हुँदा पाइलट प्रकाशकुमार सेढाइ...
कोशी सरकारमा एमाले सहभागि हुने, मन्त्रालयको टुंगो लाग्न बाँकी
कोशी सरकारमा एमाले सहभागि हुने, मन्त्रालयको टुंगो लाग्न बाँकी कोशी प्रदेशमा नेकपा एमाले फेरि सरकारमा सहभागी हुने भएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमाले सरकारमा पनि जाने भएको हो । 
इजरायल-गाजा युद्ध : दक्षिणी गाजाबाट सुरक्षित स्थलतर्फ जाँदै गरेका ७० जना मारिए
इजरायल-गाजा युद्ध : दक्षिणी गाजाबाट सुरक्षित स्थलतर्फ जाँदै गरेका ७० जना मारिए दक्षिणी गाजापट्टी छोडेर सुरक्षित स्थलतर्फ जाँदै गरेका ७० जनाको इजरायली हवाई आक्रमणमा मृत्यु भएको छ । शुक्रबार बिहान इजरायलले उक्त क्षेत्रका ११ लाख मानिसलाई २४ घण्टाभित्र सहर छोड्न चेतावनी दिएको थियो ।
रविको व्यङ्ग्य : उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि सटर चाँहि किन बेग्ला बेग्लै? 
रविको व्यङ्ग्य : उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि सटर चाँहि किन बेग्ला बेग्लै?  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत उपनिर्वाचनमा आफू र स्वर्णीम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले कोशीमा सार्थकता पाएको टिप्पणी गरेका छन् । उनले पुराना राजनीतिक दलको उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै आगामी निर्वाचनमा एकै चुनाव चिन्हबाट लड्नेगरी ‘महागठबन्धनवादी मोर्चा’ घोषणा गर्न सुझाएका छन् ।
Weather Update