News Griha :: न्यूजगृह
मध्यावधि निर्वाचन रोक्न सरकार निर्माणः नवनियुक्त मुख्यमन्त्री कार्की
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की शनिबार प्रदेश प्रमुखको कार्यालयमा नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग मुलुकको समसामयिक विषयमा कुरा गर्दै । 

मोरङ— कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताएका छन् ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट शनिबार मुख्यमन्त्रीको नियुक्तिपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश सभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताए । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार (५) अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरे ।

उनले संविधान, ऐनअनुसार मुख्यमन्त्रीलाई प्राप्त अधिकारअनुसार जनताको हितका लागि काम गर्ने बताए । मुख्यमन्त्री कार्कीले शपथग्रहणपछि मन्त्रिमण्डल विस्तार गर्ने बताए ।  

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १८:४७
Weather Update