स्याउ टिप्न चटारो शनिबार, असोज २७, २०८०
चिसो बढ्न थालेको हो? शनिबार, असोज २७, २०८० नेपालका धेरैजसो स्थानबाट मनसुन बाहिरिएसँगै वर्षा हुने क्रम ह्वात्तै घटेको छ । बरु काठमाडौै उपत्यकालगायत स्थानमा बिहान, बेलुका चिसो महसुस हुन थालेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार बिस्तारै चिसो बढ्ने क्रम सुरु भएको छ ।

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै शनिबार, असोज २७, २०८० ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घरघरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछिन्, रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।
![यस्तो छ आजको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विनिमय दर [सूचीसहित] शनिबार, असोज २७, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ...

विश्वकप क्रिकेट : अहमदाबादमा भारत र पाकिस्तानबीच भिडन्त शनिबार, असोज २७, २०८० आईसीसी विश्वकप क्रिकेटमा शनिबार भारत र पाकिस्तानबीच खेल हुँदैछ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ ।

मुख्यमन्त्री नियुक्तिको लागि कोशीमा आज सांसदको हस्ताक्षर सनाखत शनिबार, असोज २७, २०८० कोशी प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदहरूलाई शनिबारको समय दिएका छन् । प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै सांसदलाई सनाखतका लागि बोलाएका हुन् ।

विश्वकप क्रिकेट : न्युजिल्याण्डको लगातार तेस्रो जित शनिबार, असोज २७, २०८० बंगलादेशलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ । जितसँगै ३ खेलमा ६ अङ्क जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । पराजयसँगै समान खेलबाट २ अङ्कका साथ बंगलादेश छैटौँ स्थानमा छ ।

ट्रकभित्रै नाबालिकामाथि जबर्जस्ती करणी शनिबार, असोज २७, २०८० पक्राउ पर्नेमा से १ ख १९७९ नम्बरको मिनी ट्रकका चालक मेलौली नगरपालिका-७ का २८ वर्षीय महेश ओझा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । बिहीबार महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आउँदै गरेको उक्त ट्रकमा पीडित नाबालिका अत्तरियाबाट बसेकी थिइन्।

कस्तो रहला आजको मौसम ? शनिबार, असोज २७, २०८० हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तीनकुने सामूहिक हत्या घटनाका आरोपितलाई गोलघरमा राखियो शनिबार, असोज २७, २०८० तीनकुने सामूहिक हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा पठाइएका सञ्जय भण्डारीले गोलघरमा राखिएको छ । सुरक्षा चुनौती भएकाले उनलाई सिधै गोलघरमा राखिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।

मणिपाल अस्पतालका डाक्टर कुट्ने २ जना कारागार चलान, ७ जना धरौटीमा रिहा शुक्रबार, असोज २६, २०८० पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका २ जना कारागार चलान भएका छन् । ७ जना धरौटीमा रिहा भएका छन् । सो समूहले असोज ८ गते अस्पतालमासमेत तोडफोड गरेको थियो । घटना भएकै दिन प्रहरीले विनय गुरुङ र असोज १२ गते सुशील कार्कीलाई पक्राउ गरेको थियो ।...

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको ‘अपराजिता’ उपन्यास विमोचन शुक्रबार, असोज २६, २०८० पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ सार्वजनिक गरिएको छ । सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको यस पुस्तकको काठमाडौंस्थित कुञ्ज नाटक घरमा आज एक समारोहकाबीच लोकार्पण गरिएको हो । पुस्तकको लोकार्पण प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले चन्दको सरलता र सादापनबाट आजका पुस्ताका राजनीतिक व्यक्तित्वहरूले...

हामीले राम्रो काम गर्ने बित्तिकै विरोधीहरूको टाउको दुख्छ : ओली शुक्रबार, असोज २६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले राम्रो काम गर्ने बित्तिकै विरोधीहरूको टाउको दुख्ने गरेको दोहोर्याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले इमान र सत्यको शत्रु आफ्नो विरोधी रहेका भन्दै समृद्धिको काम गर्ने बित्तिकै तिनीहरूको टाउको दुख्ने गरेको बताएका हुन् ।









