तीनकुने सामूहिक हत्या घटनाका आरोपितलाई गोलघरमा राखियो

काठमाडौै— तीनकुने सामूहिक हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा पठाइएका सञ्जय भण्डारीले गोलघरमा राखिएको छ । सुरक्षा चुनौती भएकाले उनलाई गोलघरमा राखिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।
शुक्रबार मात्र जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीनबन्धु बरालको एकल इजलासले भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
गत २९ भदौमा तीनकुनेस्थित फर्निचर गोदाममा चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेका भण्डारी विरुद्ध मुद्दा दायर गरेको थियो ।घटनामा संलग्नता देखिने पर्याप्त आधार भएको भन्दै भण्डारीलाई थुनामा पठाउन आदेश गरेको, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असोज २७, २०८० ०५:५१