मनाङ एअरको सञ्चालन अनुमति निलम्बन गर्ने प्राधिकरणको तयारी शनिबार, असोज २७, २०८०

चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले भने— कोशीमा गठबन्धनकै सरकार बन्छ, कार्कीजी हामी सबैको मुख्यमन्त्री शनिबार, असोज २७, २०८० शनिबार चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारसँग उनले नेकपा एमालेका सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेका कार्की आफूहरूको पनि मुख्यमन्त्री भएको बताएका हुन् । ‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ। अब उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो। त्यसकारण त्यो समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ,’ उनले...

प्रचण्ड, देउवा र कोइरालाबीच एक बुँदे सहमति, गठबन्धन कमजोर हुन नदिने प्रतिवद्धता शनिबार, असोज २७, २०८० कोशीको विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेका थिए । छलफलपछि कोशीमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो ।

मनाङ एअरको हेलिकप्टर दुर्घटना : घाइते पाइलट खतरामुक्त, दुर्घटनाको कारण तीव्र हावा ? शनिबार, असोज २७, २०८० मनाङ एअरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइल प्रकाशकुमार सेडाइको काठमाडौंमा उपचार भइरहेको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको थियो ।
![पशुपतिमा औँसी तिथिको श्राद्ध गर्नेको घुँइचो [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/saradda-pashupati-12-1697260023.jpg)
पशुपतिमा औँसी तिथिको श्राद्ध गर्नेको घुँइचो [तस्बिरहरू] शनिबार, असोज २७, २०८० आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् ।

नेपाल प्रहरीका वरिष्ठ सईको हत्यामा संलग्न थप एक पक्राउ शनिबार, असोज २७, २०८० गत साउन ८ गते बागलुङस्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङमा आगलागीबाट एक जनाको मृत्यु शनिबार, असोज २७, २०८० गएराति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त शनिबार, असोज २७, २०८० प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७-४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले शनिबार बिहान ८ बजेदेखि...
![हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलटलाई थप उपचारका लागि काठमाडौं ल्याइयो [अपडेट]](https://newsgriha.com/uploads/posts/helicopter-1697257331.jpg)
हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलटलाई थप उपचारका लागि काठमाडौं ल्याइयो [अपडेट] शनिबार, असोज २७, २०८० प्रत्यक्षदर्शी मिङमार नुरु शेर्पाका अनुसार शनिबार बिहान अन्दाजी सवा सात बजे लबुचेको हेलिप्याड मै दुर्घटना भएको हो । ४ हजार ९ सय मिटरको उचाईमा रहेको उक्त हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो ।

सिक्किम बाढीपछि सम्पर्कविहीन इलामका ५ जना भेटिए शनिबार, असोज २७, २०८० मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना ११ दिनपछि परिवारको सम्पर्कमा आएका छन् । इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका छन् ।

कोशीमा कार्की पक्षको सनाखत जारी, आङ्बो पक्ष नजाने शनिबार, असोज २७, २०८० कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गर्दै शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआउने भएका हुन् ।
-1697254198.jpg)
लम्बियो संसद्को चालु अधिवेशन शनिबार, असोज २७, २०८० सरकारले संसद् सचिवालयलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्भावित नेपाल भ्रमण र सदनको सम्बोधनका लागि अधिवेशन अन्त्य नगर्ने जानकारी दिएको छ । यसअघि सरकारले आज (असोज २७) नै महासचिव गुटेर्रेसले संघीय संसद्को बैठकलाई सम्बोधन गर्ने गरी अनौपचारिक तयारी थालेको थियो तर, इजरायलमाथि हमासको आक्रमणपछि गुटेर्रेसको सो भ्रमण स्थगित भएको थियो ...

मनाङ एअरको हेलिकप्टर दुर्घटना शनिबार, असोज २७, २०८० मनाङ एअरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको छ । लुक्लाबाट लोबुचे शिखर हिमालको बेशक्याप उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे । हाई अल्टिच्युडमा रहेका यात्रु ल्याउन बिहान सवा सात बजे उडेको हेलिकप्टर लोबुचेमा दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइलट पीके...









