सुन तस्करी अभियोग : राहुल महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश शुक्रबार, असोज २६, २०८०

कोशी मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलि शुक्रबार, असोज २६, २०८० नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई...

कांग्रेस बैठकमा कोइराला गएनन् शुक्रबार, असोज २६, २०८० कोशी प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्र विद्रोह गरेपछि आगामी रणनीति तय गर्ने बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएका छन् । पार्टीको कार्यसम्पादन समितिको बैठकमा कोइराला अनुपस्थित भएपछि शनिबार बिहानसम्म छलफलका लागि उनलाई पर्खिने निर्णय भएको छ ।

२४ घन्टा भित्र उत्तरी गाजा खाली गर्न इजरायली सेनाको चेतावनी, नागरिक सुरक्षितस्थल खोज्दै शुक्रबार, असोज २६, २०८० संयुक्त राष्ट्रसंघका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न भनेको हो । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन् । महिला तथा केटाकेटीहरू आफूले बोक्न सक्ने जति सामान लिएर गाजाको सडकमा निस्किएको तस्बिर तथा भिडिओहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्...

कोशी प्रकरण : कांग्रेस नेताहरू धुम्बाराहीमा शुक्रबार, असोज २६, २०८० कोशी प्रदेशको मुख्यमन्त्री चयनका सम्बन्धमा पार्टीभित्रै विवाद देखिएपछि त्यसबारे छलफल गर्न देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । यसअघि सभापति देउवाले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटार पुगेर छलफल गरेका थिए ।
-1697010498.jpg)
कङ्गोमा नेपाली शान्ति सैनिकको मृत्यु शुक्रबार, असोज २६, २०८० बिरामी भएका उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित स्थानीय अस्पताल लगिएकोमा उपचार कै क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको पनि निर्देशनालयले जनाएको छ ।

कांग्रेस नेता कार्कीलाई मुख्यमन्त्री नियुक्ति माग गर्दै ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय शुक्रबार, असोज २६, २०८० कोशी प्रदेश सभाका ४७ जना सांसद नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्री नियुक्ति माग गर्दै प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय पुगेका छन् ।

कांग्रेसलाई एकताबद्ध नगरे इतिहासले सराप्छ : आरजु राणा शुक्रबार, असोज २६, २०८० नेपाली कांग्रसकी नेतृ आरजु राणा देउवाले कांग्रेसलाई एकताबद्ध गरेर अगाडि नबढे इतिहासले कांग्रेस नेतृत्वलाई सराप्ने बताएकी छिन् ।

प्रतिनिधि सभाको बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित शुक्रबार, असोज २६, २०८० प्रतिनिधि सभाको बैठक आगामी कात्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वको शुभकामना व्यक्त गर्दै कात्तिक १२ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

दश नेपाली विद्यार्थीको शव पठाउन इजरायल सरकारले प्रक्रिया थालेको छ : दूतावास शुक्रबार, असोज २६, २०८० इजरायलस्थित नेपाली दूतावासले हमासकाे आक्रमणमा मृत्यु भएका दश जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले मृत्यु भएका दश नेपाली विद्यार्थीको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भइरहेको जनाएको छ ।

गैरीगाउँमा चार जनाको हत्या अभियुक्त भण्डारी पुर्पक्षका लागि कारागार चलान शुक्रबार, असोज २६, २०८० काठमाडौंको तीनकुनेस्थित गैरीगाउँ दिव्य सःमिलमा चार जनाको हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान भएका छन् ।सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–९ का २३ वर्षीय भण्डारीले गत भदौ २९ गते राति चार जनाको हत्या गरेका थिए ।शुक्रबार काठमाडौं जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

गोरखाका एक परिवार युट्युबबाट सिकेर च्याउ खेतीमा, वार्षिक आठ लाख आम्दानी शुक्रबार, असोज २६, २०८० गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक आठ लाख आम्दानी गर्दै आएका छन् ।गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ ।

‘हामीले नै बनाएको सरकारबारे भ्रम हुन थाल्यो’ शुक्रबार, असोज २६, २०८० सांसद सञ्जयकुमार गौतमले सरकार बनाउनकै लागि बनाएको जस्तो मात्र भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको सरकारले जनताले अपेक्षा गरे अनुसारको काम नगरेको बताए ।









