News Griha :: न्यूजगृह
२४ घन्टा भित्र उत्तरी गाजा खाली गर्न इजरायली सेनाको चेतावनी, नागरिक सुरक्षितस्थल खोज्दै
Photo: AFP/RSS

काठमाडौं— इजरायली सेनाले उत्तरी गाजामा रहेका प्यालेस्टाइनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ खाली गरेर दक्षिणी क्षेत्रमा जान निर्देशन दिएको छ ।

Gaza-1697199598.jpgसंयुक्त राष्ट्रसंघका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न भनेको हो । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन् ।

महिला तथा केटाकेटीहरू आफूले बोक्न सक्ने जति सामान लिएर गाजाको सडकमा निस्किएको तस्बिर तथा भिडिओहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।

Gaza-1-1697199597.jpgसेनाले दिएको आदेश अनुसार उत्तरी गाजाका ११ लाख नागरिकले आफ्नो घर छाड्नुपर्नेछ । जुन गाजापट्टीको आधा जनसंख्या हो ।

गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ अहिले युद्ध जारी छ । हमासको आक्रमणबाट १ हजार ३०० नागरिक मारिएका छन् । जसमा इजरायली र केही विदेशी नागरिक छन् । मारिनेमा १५० जना हमासले बन्धक बनाएकाहरु पनि रहेको बीबीसीले जनाएको छ ।

Gaza-2-1697199597.jpgइजरायलले हमास लक्षित गरी गरेको कारबाहीमा भने १ हजार ५०० जना प्यालेस्टाइनी नागरिक मारिएका छन् ।

Israeli-airstrike-in-Rafah-1697199601.jpg

Palestinians-walk-amid-the-rubble--1697199598.jpg

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:०६
Weather Update