कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आज आइतबार, असोज २८, २०८०

सेनामा राजनीतिक चलखेल, स्वीकार्य नहुने शेखरको चेतावनी आइतबार, असोज २८, २०८० नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् । सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।

आज विश्व हात धुने दिवस आइतबार, असोज २८, २०८० आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वास जन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर आइतबार, असोज २८, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

इजरायल-हमास युद्धबाट ३५ सयले ज्यान गुमाए आइतबार, असोज २८, २०८० गत शनिबारदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय नाघेको छ । इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु भएको तथा ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मनसुन बाहिरिन अझै केही दिन लाग्ने आइतबार, असोज २८, २०८० बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आईसीसी विश्वकप क्रिकेटमा आइतबार इङ्ग्ल्याण्डसँग खेल्दै अफगानिस्तान आइतबार, असोज २८, २०८० आईसीसी विश्वकप क्रिकेटमा आइतबार इङ्ग्ल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ । भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुने छ ।

विश्वकप क्रिकेट : पाकिस्तानलाई हराएपछि भारत अङ्क तालिकाको शीर्ष स्थानमा आइतबार, असोज २८, २०८० शनिबार अहमदाबादमा भएको खेलमा भारतीय बलरले उत्कृष्ट प्रदर्शन गर्दा पाकिस्तान ४२.५ ओभरमा १९१ रनमै अलआउट भएको थियो । भारतले १९२ रनको लक्ष्य ३०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

एसीसी यू–१९ प्रिमियर कपमा आज नेपाल र बहराइन भिड्दै आइतबार, असोज २८, २०८० एसीसी यू–१९ मेन्स प्रिमियर कपमा नेपालले आइतबार बहराइनसँग खेल्दैछ । मलेसियास्थित बायोमास ओभलमा हुने खेल बिहान नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ ।

आजको मौसम : देशका पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना आइतबार, असोज २८, २०८० हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

दसैँका लागि काठमाडौं छाड्ने बढे, आज एकै दिन ५० हजार बाहिरिए शनिबार, असोज २७, २०८० काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरूको बिहानदेखि साँझसम्म भीड बढ्न थालेको छ । हिजो साँझदेखि कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका स्थानबाट बाहिरिने यात्रुको चाप बढेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
![मनाङ एअर दुर्घटनाका घाइते पाइलटलाई थप उपचारका लागि भारत लगियो [अपडेट]](https://newsgriha.com/uploads/posts/manang-air-1689060571.jpg)
मनाङ एअर दुर्घटनाका घाइते पाइलटलाई थप उपचारका लागि भारत लगियो [अपडेट] शनिबार, असोज २७, २०८० हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारको लागि भारत लगिएको छ । शनिबार बिहान सोलुखुम्बुमा मनाङ एअरको ९ एन-एएनजे कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सेढाईँको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । थप उपचारको लागि सेढाईंलाई भारत लगिएको अस्पतालले जनाएको छ । त्यहाँ नेसनल बर्न...

कोशीका मुख्यमन्त्री काठमाडौंमा, भेटे शेखरलाई शनिबार, असोज २७, २०८० कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । काठमाडौं आएका कार्कीले नेता शेखर कोइरालालाई उनकै निवासमा पुगेर भेटेका छन् ।









