राजनीति
कोशीका मुख्यमन्त्री काठमाडौंमा, भेटे शेखरलाई

काठमाडौं— कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् ।
शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । काठमाडौं आएका कार्कीले नेता शेखर कोइरालालाई उनकै निवासमा पुगेर भेटेका छन् ।
मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाडौं आएका हुन् । एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छ ।
तर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्तारुढ गठबन्धनप्रति प्रतिवद्ध रहने सहमति भएको छ । यही अप्ठेरोकाबीच मुख्यमन्त्री कार्की नेताहरूसँग छलफल गर्न काठमाडौं आएका हुन् ।
प्रकाशित मिति: शनिबार, असोज २७, २०८० १९:३७