
काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् । सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट टाढा रहेको सेनामा हुने चलखेलले दुर्घटना निम्त्याउने उल्लेख गरेका छन् ।
‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ उनले लेखेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ ।सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस ।’
नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।
— Dr Shekhar Koirala (@Shekharnc) October 15, 2023
माओवादी सेनाबाट समायोजन भएर गएका मध्ये सबैभन्दा उच्च पदमा पुगेका सहायक रथी अधिकारीको चार वर्षे पदावधि सकिएपछि सरकारले तीन वर्ष थप्ने निर्णय गरेको थियो ।