कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाले दिए पदबाट राजीनामा

विराटनगर— नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले राजीनामा दिएका छन् ।
शनिबार कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि थापाले दलको नेताबाट राजीनामा दिएका हुन् । शनिबार पत्रकार सम्मेलन गरी थापाले दलको नेताबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
'पदमुक्त बन्दै राजीनामा दिनुपर्ने थियो। तर, प्रदेशको अवस्थाले मलाई त्यसबेला जिम्मेवारी छोड्न दिएन। अहिले राजीनामा दिएको छु,' उनले भने।
थापाले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई शुभकामना समेत दिए । 'भोलि विश्वासको मत पुगेन भने हामी पनि मत दिन्छौ। उहाँलाई शुभकामना छ,' उनले भने।
प्रकाशित मिति: शनिबार, असोज २७, २०८० १४:४५