News Griha :: न्यूजगृह
माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

काठमाडौं— माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ ।

विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा शनिबार अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा सकारात्मक निष्कर्ष निस्किएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री महत मोरक्कोमा छन्  ।

finance-minister-and-world-bank-team-1697278406.jpg

रणनीतिक महत्वको माथिल्लो अरुण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङ्टनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल गर्न लागेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१ औं रिप्लेसमेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले राख्नु भएको प्रस्तावमा समेत विश्व बैंक सकारात्मक भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १५:५८
Weather Update