News Griha :: न्यूजगृह
शिक्षा विधेयक संसदबाट पारित भएपछि शिक्षक कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था बाँकी रहन्न : शिक्षामन्त्री राई

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संसदमा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई समयानुकूल बनाउन सबैको भूमिका महत्त्वपूर्ण भएको बताएका छन् ।

शिवपुरी माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा आयोजित समारोहमा मन्त्री राईले सो कुरा बताएका हुन्  ।

शिक्षक महासंघसँग परामर्श गरी मस्यौदा गरिएको जानकारी दिँदै उनले सरकारका तर्फबाट आन्दोलनरत शिक्षकसँग समझदारीसमेत गरिएको बताए ।

उनले विधेयक सदनबाट पारित भएपछि सार्वजनिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षक तथा विद्यालय कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था बाँकी नरहने दाबी गरे  ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १०:५०
Weather Update