एसीसी यू–१९ प्रिमियर कप
दिपेशको सानदार बलिङमा नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य

काठमाडौं— एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा अलआउट हुनुपूर्व ७७ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले ४ विकेट लिए । बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रिमियर कपमा एसियाका १६ एशाेसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछन् ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० ११:०१