विश्वकप क्रिकेटः जितका लागि इङ्ग्ल्याण्डले पायो २८५ रनको लक्ष्य

काठमाडौं— भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार साविक विजेता इङ्ग्ल्याण्ड र अफगानिस्तानबीच खेल भइरहेको छ ।
दिल्लीको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले अन्तिम एक बलको खेल बाँकी रहँदा सबै विकेट गुमाएर २८४ रन बनाएको छ ।
अफगानिस्तानका लागि ओपनर अहमनुल्लाह गुरबाजले ८० रन बनाए भने इक्राम अलिखीले ५८ रनको योगदान दिए ।
इङ्ग्ल्याण्डका लागि आदिल रसिदले ३ र मार्क वुडले २ विकेट लिए । जारी प्रतियोगितामा साविक विजेता इङ्ग्ल्याण्ड खराब लयमा छ । यसअघि खेलमा दुईमध्ये एक खेलमा उसले हार व्यहोरेको छ ।
अफगानिस्तान भने यसअघि खेलेका दुवै खेलमा पराजित भएको छ । केही समयपछि इङ्ग्ल्याण्डले जबाफी ब्याटिङ गर्नेछ ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० १८:१८