News Griha :: न्यूजगृह
जारी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको पहिलो जित, श्रीलंका ५ विकेटले पराजित 

काठमाडौं— विश्वकप क्रिकेट २०२३ मा अष्ट्रेलियाले पहिलो जित हात पारेको छ । सुरुका दुई खेल हारेको अष्ट्रेलियाले सोमबार भारतको लखनउमा भएको खेलमा श्रीलंकामाथि ५ विकेटको जित दर्ता गरेको हो ।

Sri-Lanka's-Kusal-Perera-1697498511.jpgश्रीलंकाले दिएको २१० रनको लक्ष्य अष्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जस इंग्लिसले सर्वाधिक ५८ रन बनाए भने मिचेल स्टार्कले ५२ रनज जोडे । श्रीलंकाका दिलशान मदुशंकाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर मात्र २०९ रन बनायो । अष्ट्रेलियाका एडम जाम्पा एक्लैले ४ विकेट लिए भने मिचेल स्टार्क र पेट कमिन्सको नाममा दुई दुई विकेट रह्यो ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०५:०७
Weather Update