राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ मा नेपाल आउने

काठमाडौं— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने भएका हुन् ।
प्रधानमन्त्रीका निजी सचिव रमेश मल्लले गुटेरेस १२ देखि १५ कात्तिकसम्म नेपालमा रहने जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्रीले दाहालले महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १४:१३













