News Griha :: न्यूजगृह
संक्रमणकाल लम्बिँदा चुनौती देखापर्‍यो : राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनसंरचना सँगसँगै राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना भने गर्न नसकिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनमा राष्ट्रपति पौडेलले संक्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु देखा परेको बताए ।

पौडेलले भने, ‘राजनीतिक परिवर्तनपछि देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । संक्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौती पनि देखा परेका छन् । यो चुनौतीको जराबारे मैले सधैं भन्ने कुरा हामीले राज्यको प्रशासनिक पुनसंरचना गर्‍यौं तर राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना अझै हुन बाँकी छ ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता सिद्धान्त  र दर्शनलाई आत्मसाथ गर्न नसके चुनौतको समाना गर्न नसकिने बताए ।

नेपालले आर्थिक विकासको लागि चाहिने आर्थिक पूर्वाधार औद्योगिकीकरण  र आन्तरिक उत्पादन तथा आयातको विषयमा बहुपक्षीय साझेदारी आवश्यक भएको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १३:१५
Weather Update