सुनको मूल्य : तोलामै १३ सय रुपैयाँले बढ्यो
काठमाडौं— बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय, तेजाबी सुनको मूल्य एक लाख १२ हजार ६५० र चाँदीको मूल्य १४ सय १० रुपैयाँ तोकिएको छ ।
मंगलबार एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ३५० रुपैयाँमा तेजाबी सुनको खरिद बिक्री भएको थियो । यस्तै, चाँदी १३ सय ७५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १२:२४