रुकुम पश्चिममा एक महिलाको घाँटी रेटेर हत्या

रुकुम पश्चिम— मुसीकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा घाँटी रेटेर एक महिलाको हत्या भएको छ ।
मुसीकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना बिक सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेकी थिइन् । घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।
हत्या घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १२:५२