News Griha :: न्यूजगृह
गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु

गुल्मी डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । 

तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिएको थियो । प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:४०
Weather Update