
पाँचथर— पाँचथरमा बुधबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम जाँदै गरेको को १ ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ गाउँपालिका-७ टाहारीमा दुर्घटनामा परेको हो । ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथ्वीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीय बिनिता घाइते छन् ।
घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि झापा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ । अन्य घाइतेको जिल्ला अस्पताल मै उपचार भइरहेको छ । ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । न्यौपानेको पनि टाउकोमा चोट लागेको छ ।