News Griha :: न्यूजगृह
नेपाल लाइफद्वारा ‘तिमी यो दसैँमा के गर्छौ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं— नेपाल लाइफ इन्स्योरेन्सले बडा दसैँको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।

‘तिमी यो दसैँमा के गर्छौ?’ नामक यस टिकटकको जिङ्गलमा (जिंगलको लिङ्क) सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरू छनौट गरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

प्रथम हुनेलाई नगद तीस हजार, द्वितीयलाई बीस हजार र तृतीयलाई दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् । 

दसैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडादसैँ-२०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:०८
Weather Update