News Griha :: न्यूजगृह
फुट्यो लोसपा, अलग्गिए महतो
फुट्यो लोसपा, अलग्गिए महतो लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै नयाँ मोर्चा घोषणा गरेका छन्।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतोले पार्टी छोडेका हुन्। महतोले राष्ट्रिय मुक्ति आन्दोलनका घोषणासमेत गरेका छन्। ‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेस [पूर्णपाठ]
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेस [पूर्णपाठ] विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता सदनमा पेस भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले २३ पृष्ठ लामो विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे। २९ बुँदे सिद्धान्त तथा प्राथमिकतामा थप सार्वजनिक संस्थान निजीकरण गरिने उल्लेख गरेका छन्।
प्रहरीलाई देखेपछि १२२ किलो गाँजा छाडेर भागे मोटरसाइकल चालक
प्रहरीलाई देखेपछि १२२ किलो गाँजा छाडेर भागे मोटरसाइकल चालक सुनसरीमा प्रहरीले अवैध लागूऔषध १ सय २२ किलो गाँजा बरामद गरेको छ।सोमबार बिहान देवानगंज गाउँपालिकां ५ साहेवगंजस्थित पश्चिम टोल साईटबाट बरामद गरेको हो। 
सभामुखले सरकारलाई निर्देशन दिनुअघि सदनमा सांसदले के-के भने?
सभामुखले सरकारलाई निर्देशन दिनुअघि सदनमा सांसदले के-के भने? प्रमुख प्रतिपक्षी दलहरुले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही नगरिएकोप्रति सदनमा सरकारको चर्को आलोचना गरेका छन्। संसदमा प्रारम्भ देखिनै बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही गरिनुपर्ने, दुग्ध उत्पादक किसानले भुक्तानी पाउनुपर्ने तथा लघुवित्त र मिटरव्याज पीडितको समस्यालगायतका मुद्दा लामो समयबाट संसदमा निरन्तर उठाउँदा सरकारले नसुनेको भन्दै...
पार्किङ गर्दा ख्याल गर्नुहोस्, नत्र यसरी उठाउँछ महानगरले
पार्किङ गर्दा ख्याल गर्नुहोस्, नत्र यसरी उठाउँछ महानगरले काठमाडौं महानगरभित्र तपाईंले आफ्नो सवारी साधन कसरी पार्किङ गरिरहनुभएको छ। ‘नो पार्किङ’ क्षेत्रमा राख्नुभयो भने महानगरले उठाउने छ। सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रका भित्री सडक छेउमा पार्किङ गरी राखिएका दुईपाङ्ग्रे सवारीलाई उठाएको छ। 
मुलुकको अर्थतन्त्र लयमा फर्किँदैछ, चुनौती सकिएको छैन: अर्थमन्त्री
मुलुकको अर्थतन्त्र लयमा फर्किँदैछ, चुनौती सकिएको छैन: अर्थमन्त्री अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कन थालेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुअघि देशको अर्थतन्त्रको अवस्था बारे जानकारी गराउँदै चुनौती भने अझै उस्तै रहेको बताए।
गगनको प्रस्ताव– आरोप लागेका झण्डावालाको झण्डा छोपेर घर पठाऔँ
गगनको प्रस्ताव– आरोप लागेका झण्डावालाको झण्डा छोपेर घर पठाऔँ नेपाली कांग्रेसका सांसद गगन थापाले विभिन्न आरोप लागेकालाई सरकारी जिम्मेवारीबाट मुक्त गर्नुपर्ने बताएका छन्। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद थापाले आजको प्रतिनिधि सभा बैठकमा आरोप प्रत्यारोपमा उत्रनुको साटो दोषीलाई कारबाहीको दायरामा पुर्‍याउनै पर्ने बताए। कसैको पक्ष नलागी काम गर्नुपर्ने उनको भनाइ छ। बैठकमा सांसद थापाले भने,‘आरोप प्रत्यारोप छोडौँ। अब...
फुटबलको विकासको लागि बहस आवश्यक: घिसिङ
फुटबलको विकासको लागि बहस आवश्यक: घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि बहस आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक रहेको भन्दै विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर बहस...
सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक पुन: सुरु भएको छ। १५ मिनेटका लागि स्थगित बैठक केही ढिलो गरी सुरु भएको हो। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध गरेपछि सभामुखले सांसदले उठाएका सवालमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सभामुखको निर्देशनपछि अहिले प्रतिनिधि सभा बैठक सञ्चालन भइरहेको छ।
लगातारको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित
लगातारको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरूले सरकारले सदनलाई वेवास्ता गरेको, सभामुखले पटक पटक दिएको रुलिङलाई अन्देखा गरेको, सदनले सोधेको जवाफ नदिएको आरोप लगाउँदै सदनमै नाराबाजी गरेका थिए। ...
संसदमा विपक्षी दलको नाराबाजी
संसदमा विपक्षी दलको नाराबाजी प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदले नाराबाजी गर्न थालेका छन्। सरकार संसदप्रति उत्तरदायी नभएको, सभामुखले पटक पटक गरेको रुलिङको वेवास्ता गरेको आरोप लगाउँदै सांसदहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्। विवादित मन्त्री राजीनामा दे, मिटरव्याज पीडितलाई न्याय दे, सहकारी लघुबित्त पीडितलाई न्याय दे, बालकुमारी घटनाका दोषीलाई कारबाही गर् भन्दै नाराबाजी गरेका...
Weather Update