News Griha :: न्यूजगृह
त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नामिबिया भिड्दै
त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नामिबिया भिड्दै नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज आजदेखि सुरु हुँदैछ। टीयू क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे सुरु हुने खेलमा नेपालले आज नामिबियासँग खेल्ने छ। आइसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज पछि फेरि एक पटक उनै टिम टी-२० फर्म्याटमा उत्रिन लागेका हुन्।
स्वार्थ नमिल्दा २९ सहसचिवको पदस्थानमा ढिलाइ
स्वार्थ नमिल्दा २९ सहसचिवको पदस्थानमा ढिलाइ आफूअनुकूलका कर्मचारीलाई मातहतमा ल्याएर काम लगाउने मन्त्री र सचिवहरूको स्वार्थले कर्मचारी प्रशासन क्षेत्र समस्याग्रस्त बनेको छ। कर्मचारीहरूको चाहना एउटा हुने र राजनीतिक नेतृत्वले आफ्नो अनुकूल कर्मचारी ल्याएर काम गर्न चाहने प्रवृत्तिले सिंगो कर्मचारी प्रशासन क्षेत्र नै विकृत बनिरहेको छ। उपसचिवबाट सहसचिवमा बढुवा भएका २९ सहसचिवले काम गर्ने थलो पाएका छैनन्।...
अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिस्ठानमा
अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिस्ठानमा भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ। आचार्यको पार्थिव शरीर बिहान ९ बजेपछि प्रतिस्ठानमा राखिने छ। अन्तिम श्रद्धाञ्जली दिन प्रतिष्ठानमा गीतसङ्गीत क्षेत्रका हस्ती तथा कलाकारसहितको उपस्थिति हुनेछ। आचार्यको सोमबार अपराह्न निधन भएको थियो। लामो...
कृषिलाई प्राथमिकतामा नराखेसम्म देश बन्दैन: प्रेम सुवाल
कृषिलाई प्राथमिकतामा नराखेसम्म देश बन्दैन: प्रेम सुवाल सांसद सुवाललाई बहुदल र गणतन्त्रमा देशको अर्थतन्त्र अझ कमजोर भएको जस्तो लाग्छ । कृषिलाई उच्च प्राथमिकता दिए अर्थतन्त्रमा सुधार आउनेमात्र होइन, देशबाट युवाको बढ्दो पलायनमा पनि कमी आउने उनको भनाइ छ। ‘रोजगारी सिर्जना गर्ने किसिमका उद्यम, व्यवसायको उत्थान र विकासमा राज्यले पर्याप्त ध्यान दिएको छैन । युवाको विदेश पलायनलाई टुलुटुलु...
संशोधन विधेयकबारे साझा धारणा बनाउँदै उपप्रमुखहरू
संशोधन विधेयकबारे साझा धारणा बनाउँदै उपप्रमुखहरू काठमाडौं उपत्यकाका स्थानीय तह उपप्रमुख/उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई संशोधन गर्न माग गरेको छ। यसका लागि सञ्जालको यही हप्ता आकस्मिक बैठकबाट थप निर्णय गर्ने जनाएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको संशोधन विधेयको मस्यौदा तयार गरी सुझावका लागि प्रकाशित गरेको...
आज मगर एकता दिवस मनाइँदै
आज मगर एकता दिवस मनाइँदै
खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार थालियो
खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार थालियो खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ।मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो। उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार...
सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो थप १५ दिन
सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो थप १५ दिन सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ। आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सङ्कलन भएका केही...
बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल फागुन २१ देखि 
बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल फागुन २१ देखि  आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका थिए। उक्त विषयमा यही फागुन २१ गतेदेखि...
Weather Update