News Griha :: न्यूजगृह
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं- अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसका कारण मौसममा आंशिकदेखि सामान्य बदलीसम्म हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०५:५८
Weather Update