बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल फागुन २१ देखि
काठमाडौं– आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका थिए। उक्त विषयमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको हो ।
सभामुख देवराज घिमिरले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल यही फागुन २१, २२, २३, ३० र आगामी चैत १, २ र ४ गते दिन तोकेका छन्।
छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन सम्बधित संसदीय दलका पदाधिकारीहरुले आ-आफ्ना दलका बक्ता सदस्यहरुको नाम बैठक बस्नु एक घण्टा अघि नै सङ्घीय संसद सचिवालयमा टिपाउन पर्नेछ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० ०७:२२