News Griha :: न्यूजगृह
संसद् भवनमा प्रदर्शनकारी छिर्दा धन्न गोली चलेन!
संसद् भवनमा प्रदर्शनकारी छिर्दा धन्न गोली चलेन! विभिन्न जिम्मेवारीका गरी झन्डै १५० भन्दा बढी प्रहरी (सुरक्षा)कर्मी परिचालित हुने संसद् भवनमा सोमबार दिउँसो भने अनपेक्षित घटना भयो। प्रतिनिधि सभाको बैठक सकिएर सांसदहरु बाहिरिरहेका बेला, दिउँसो करिब २ बजेतिर पश्चिम गेटबाट महिलाहरुको बाहुल्यता रहेको एउटा समूह एक्कासी संसद् भवन भित्र छिर्‍यो। उनीहरु संसद् भवनको आगन (पानीको फोहोरा भएको ठाउँ)...
रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन हरसम्भव प्रयास भइरहेको छ: परराष्ट्रमन्त्री साउद
रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन हरसम्भव प्रयास भइरहेको छ: परराष्ट्रमन्त्री साउद परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई फिर्ता ल्याउन नेपाल सरकार रुसी सरकारसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। सी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदको...
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा, मूल्य प्रतिकिलो १२५ रुपैयाँ 
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा, मूल्य प्रतिकिलो १२५ रुपैयाँ  म्याग्दीका प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन्। मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन्।
संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीविरुद्ध मुद्दा चलाउने तयारी
संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीविरुद्ध मुद्दा चलाउने तयारी निषेधित क्षेत्र तोडेर सोमबार सङ्घीय संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीहरूविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।नयाँबानेश्वरस्थित संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले पक्राउ गरि प्रहरी वृत्त नयाँबानेश्वरमा राखेको छ।
सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका ४ कलाकारको मृत्यु
सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका ४ कलाकारको मृत्यु भोजपुरी फिल्म उद्योगमा यति बेला शोकमा छ । सवारी दुर्घटनामा ४ उदीयमान स्टार गुमाएपछि उद्योग नै शोकमा डुबेको हो। दुर्घटनामा चर्चित वेब सिरिज ‘पञ्चायत २’की अभिनेत्री आँचल तिवारी पनि छन्। भारतीय सञ्चार माध्यमहरुकाअनुसार सबै कलाकारको सडक दुर्घटनामा मृत्यु भएको हो। चारै जनाको मृत्यु घटनास्थलमै भएको बताइएको छ।
शेयर बजारले फेरि नाघ्यो २ हजार अंक 
शेयर बजारले फेरि नाघ्यो २ हजार अंक  शेयर बजारले फेरि २ हजार अंक नाघेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ।कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २ अर्ब १ करोडको कारोबार भएकोमा आज १ अर्ब ८६ करोडमा खुम्चियो। कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६...
टी–२० आई शृङ्खला: नेपाल नामिबियासँग २० रनले पराजित
टी–२० आई शृङ्खला: नेपाल नामिबियासँग २० रनले पराजित त्रिकोणात्मक टी–२० आई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा २०७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपाल १८.५ ओभरमा १८६ रन बनाउँदा अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले ४२ रन बनाए। कुशल मल्लले ३२...
प्राधिकरणले भन्यो– धरानमा विमानस्थल निर्माण सम्भव छैन
प्राधिकरणले भन्यो– धरानमा विमानस्थल निर्माण सम्भव छैन नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नरहेको जनाएको छ। धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणको निष्कर्ष रहेको छ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटकपटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आएका थिए। उनले काठमाडौं आएर संस्कृति, नागरिक तथा उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर धरानमा विमानस्थल बनाउनुपर्ने बताएका थिए।
भक्तराजको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै प्रधानमन्त्रीले भने– सांगीतिक क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण 
भक्तराजको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै प्रधानमन्त्रीले भने– सांगीतिक क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन्। आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले आचार्यको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे। उनले स्व आचार्यको पार्थिव शरीरमा...
बारामा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुईको मृत्यु
बारामा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुईको मृत्यु निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु पड्किँदा घाइते दुईको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत गवाहीका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज महानगरपालिका–९ का रितु रजत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। घाइतेहरुको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 
नामिबियाका निकोल बने टी–२० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी
नामिबियाका निकोल बने टी–२० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी नामिबियाका जान निकोल लोफ्टि एटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन्।आज टीयू क्रिकेट मैदानमा निकोलले ३३ बलमा शतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन् । यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो । मल्लले ३४ बलमा शतक पुरा...
Weather Update