News Griha :: न्यूजगृह
नामिबियाका निकोल बने टी–२० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी

काठमाडौं– नामिबियाका जान निकोल लोफ्टि एटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन्।

आज टीयू क्रिकेट मैदानमा निकोलले ३३ बलमा शतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन् । यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो । 

मल्लले ३४ बलमा शतक पुरा गरेर सबैभन्दा कम बलमा शतक बनाउने विश्व कीर्तिमान बनाएका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:४४
Weather Update