विदेशमा मृत्यु भएका नेपाली कामदारलाई राज्यले के दिन्छ? बुधबार, फागुन १६, २०८०

को बन्ला धितोपत्र बोर्डको अध्यक्ष, यस्ता छन् सर्त बुधबार, फागुन १६, २०८० नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गरिने भएको छ। रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले पदपूर्तिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको छ। सिफारिस समितिले बुधबार सूचना जारी गर्दै रिक्त रहेको पदमा पदपूर्ति गर्न आवेदन दिन सूचना जारी गरेको हो।

नेदरल्यान्ड्सविरुद्ध जितका लागि नेपालले पायो १८५ रनको लक्ष्य बुधबार, फागुन १६, २०८० त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध जितका लागि नेपालले १८५ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो।

माओवादीले तोक्यो प्रदेश इन्चार्ज बुधबार, फागुन १६, २०८० नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन टुङ्ग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरूलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो।माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा सावित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता...

आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने माओवादीको निर्णय बुधबार, फागुन १६, २०८० कपा माओवादी केन्द्रले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।पेरिसडाँडास्थित पार्टी कार्यालयमा बुधबार बसेको स्थायी समिति बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए।

एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली बुधबार, फागुन १६, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन्।‘मिसन ८४’ अर्थात् २०८४ सालमा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ छ। विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीहरूसँग उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र...

राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादी निर्णय बुधबार, फागुन १६, २०८० माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ। यसअघि राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड गर्दा सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी र प्रमुख...

४५ किलो चरेस ओसार्ने ३ जना पक्राउ बुधबार, फागुन १६, २०८० थाहा नगरपालिका– ८ आग्रा बस्ने ३० वर्षीय विमल स्याङ्तान, कैलाश गाउँपालिका– १ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका– १ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
1689486152.jpg)
माता पाथिभरा सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान बुधबार, फागुन १६, २०८० पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन्।जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो। जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको स्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए।

पाकिस्तानमा राष्ट्रपति निर्वाचनको तयारी, को-को छन् आकाङ्क्षी? बुधबार, फागुन १६, २०८० पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ। आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका लागि चुनावी कार्यतालिका जारी गर्ने तयारीमा जुटेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मार्च १ तारिखमा राष्ट्रपति पदको चुनावी कार्यतालिका प्रकाशित हुने सम्भावना छ। पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जरदारीको सम्भावना रहेको छ। उनी पाकिस्तान...

त्रिकोणात्मक टी-२० क्रिकेट: आज नेपाल र नेदरल्याण्ड्स खेल्दै बुधबार, फागुन १६, २०८० काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ। नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ। नेपालले पहिलो खेलमा नामिबियासँग २० रनले पराजय भोगेको थियो । टी-२० मा नेदरल्याण्ड्सको भने पहिलो खेल हो । नेपाल नामिबियाविरुद्धको खेलमा भोगेको पराजय बिर्सदै...

मुख्यमन्त्री भन्छन्: कर्णाली पछि परेको होइन, पारिएको हो बुधबार, फागुन १६, २०८० कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई राज्यले नै पछि पार्ने काम गरेको आरोप लगाएका छन्। ‘कर्णाली आफैँ पछि परेको होइन, बरू राज्यले नै पछि पार्ने काम भएको हो, पछाडि पारिएको हो,’ उनले भने। उनले कर्णालीलाई पछि परेको क्षेत्रकारुपमा चिनाइएको भन्दै त्यो भाष्य गलत भएको र बदल्न आवश्यक रहेको बताए। सुर्खेतमा...

आजको माओवादी स्थायी कमिटीले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने बुधबार, फागुन १६, २०८० नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आगामी जागरण अभियानबारे तयारी र नेताहरूको जिम्मेवारी बाँडफाँटबारे टुंगो लगाउने उपाध्यक्ष एवम् प्रवक्ता...









