News Griha :: न्यूजगृह
विराटनगरमा मध्यरातसम्म होटल सञ्चालन गर्न पाइने
विराटनगरमा मध्यरातसम्म होटल सञ्चालन गर्न पाइने कोशी प्रदेशको राजधानी विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पहल थालिएको छ। विराटनगर महानगरपालिकाले होटललगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको हो। यसका लागि महानगरको समन्वयमा भएको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ।
संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल, नक्कली मोहीले समस्या
संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल, नक्कली मोहीले समस्या नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ। विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो। टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र सर्वपक्षीय पहल थालिरहेको उपप्रशासक विनयकुमार पोख्रेलले बताP। उनका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण गराइएको छ। 
प्रहरीसँग धकेलाधकेल हुँदा राजेन्द्र महतो घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै
प्रहरीसँग धकेलाधकेल हुँदा राजेन्द्र महतो घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतो प्रहरीसँगको धकेलाधकेलका कारण घाइते भएका छन्। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ। 
टीआरसी चाँडै टुंग्याउन डा. केसीको माग, बेवास्ता गरे कडा आन्दोलन सुरु गर्ने चेतावनी
टीआरसी चाँडै टुंग्याउन डा. केसीको माग, बेवास्ता गरे कडा आन्दोलन सुरु गर्ने चेतावनी  डा. केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्वकालमा भएका मानवता विरोधी जघन्य अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा नपुर्याए कडा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
म्याकुरीमाथि कुटपिट प्रकरणः शर्मिला वाइबा पक्राउ
म्याकुरीमाथि कुटपिट प्रकरणः शर्मिला वाइबा पक्राउ वाइबा सिन्धुपाल्चोक पुगेको जानकारीपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको हो। वाइबाविरुद्ध कलाकार पवन खतिवडा (म्याकुरी)ले प्रहरीमा जाहेरी दिएका थिए। केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गङ्गा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो।
काठमाडौं महानगरकी कर्मचारीको गुनासो– मेयर बालेनको प्रशासनले बस्ने कुर्सी समेत खोस्यो
काठमाडौं महानगरकी कर्मचारीको गुनासो– मेयर बालेनको प्रशासनले बस्ने कुर्सी समेत खोस्यो काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बिनाकारण आफूलाई ‘यातना’ दिएको त्यहाँ कार्यरत एक कर्मचारीले दाबी गरेकी छन्। साथै मेयर बालेनले आफूलाई जिम्मेवारीविहीन समेत बनाएको पीडित कर्मचारीले सामाजिक सञ्जालमा बताएकी छन्।
ओली भन्छन्– एमाले सरकार फेर्ने खेलमा छैन
ओली भन्छन्– एमाले सरकार फेर्ने खेलमा छैन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार फेर्ने खेलमा नरहेको बताएका छन्। अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने जस्तो खेलमा एमाले नरहेको ओलीको भनाइ छ। 
संघीय निजामती ऐन संसद्‌मा दर्ता गर्ने तयारीमा छौँ: प्रधानमन्त्री 
संघीय निजामती ऐन संसद्‌मा दर्ता गर्ने तयारीमा छौँ: प्रधानमन्त्री  राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको जानकारी दिए। अब उक्त विधेयक सदनमा प्रस्तुत  गर्ने अन्तिम तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ। 
नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ। १८५ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन मात्रै बनाउन सक्यो। दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले पनि अन्तिम ओभरमा चुक्दा नेपालले जित निकाल्न...
प्रचण्डले बुहारीलाई सहइञ्चार्ज बनाएपछि माओवादीमा खैलाबैला
प्रचण्डले बुहारीलाई सहइञ्चार्ज बनाएपछि माओवादीमा खैलाबैला प्रचण्डको कार्य विभाजनको प्रस्तावविरुद्ध उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले मंगलबार नै फरक मत राखेका थिए। कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा विधि विपरीत, आफ्नो अनुकूलता हेरिएको भन्दै शर्माले लिखित असहमति राखेका थिए। नेता शर्माले प्रचण्डको प्रस्ताव केही नेतालाई राजनीतिक रुपबाट विस्थापित र अपमानित...
सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने पक्का
सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने पक्का नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने भएकी छन्। अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सामाजिक सञ्जालमार्फत सावित्राले फाइनल नखेल्ने पुष्टि गरेको छ।
बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु
बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु मकवानपुरको बकैया गाउँपालिका– ७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।
Weather Update