News Griha :: न्यूजगृह
नेपाली महिलालाई कुवेत पठाउने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन, १ जना पक्राउ
नेपाली महिलालाई कुवेत पठाउने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन, १ जना पक्राउ नेपाली महिलालाई घरेलु कामदारको रुपमा कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–४ घर भएका ४७ वर्षीय मदुला मिया भनिने मुर्तुजा मिया छन्।
जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ: प्रधानमन्त्री
जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ। चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानी-नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए।
सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवास बाहिर टाँगिएको डोरी प्रहरीले हटायो
सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवास बाहिर टाँगिएको डोरी प्रहरीले हटायो लघुवित्त तथा वित्तीय संस्थाबाट ऋण लिएपछि समस्यामा परेका ऋणीहरु सोमबार संसद् भवन प्रवेश गरेपछि सुरक्षाका लागि भन्दै प्रहरीले सिंहदरबार, संसद् भवन र प्रधानमन्त्रीको निवास बाहिर डोरी टाँगेको थियो। डोरीको बीचबीचमा ब्यानर टाँगेर ‘निषेधित क्षेत्र’ लेखिएको थियो। 
नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य
नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ।  युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध उच्च स्कोर बनायो। बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४७ रन जोड्यो।
नेपालमा किन पूर्ण रुपमा बन्द गर्न सकिएन टिकटक? 
नेपालमा किन पूर्ण रुपमा बन्द गर्न सकिएन टिकटक?  सरकारको निर्णयपछि नेपालका सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले टिकटक चलाउन नमिल्ने बनाएका थिए। तर प्रयोगकर्ताहरुले भने विभिन्न किसिमबाट टिकटक चलाउँदै आएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि नेपालमा पूर्ण रुपमा टिकटक बन्द गर्न नसकिएको स्वीकार गरेकी छन्।
राष्ट्रिय सभाबाट बिदा हुन लागेका २० सांसदले सुनाउँदैछन् ६ वर्षको अनुभव
राष्ट्रिय सभाबाट बिदा हुन लागेका २० सांसदले सुनाउँदैछन् ६ वर्षको अनुभव संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक अहिले जारी छ। आज (बिहीबार)को बैठकमा २० जना सांसद्‌ले आफ्नो ६ वर्षको अनुभव सुनाउनका लागि समय पाएका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका छन्। 
हलगोरु पाल्ने किसानलाई नगरपालिकाबाट १० हजार रुपैयाँ अनुदान
हलगोरु पाल्ने किसानलाई नगरपालिकाबाट १० हजार रुपैयाँ अनुदान बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ। रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान  दिने कार्यक्रम ल्याएको हो।
सुनको मूल्य बढ्यो, चाँदी स्थिर 
सुनको मूल्य बढ्यो, चाँदी स्थिर  नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको...
केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ। कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि कार्यान्वयन हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो। केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा १ वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य...
सङ्कटमा वैद्यखाना: औषधि उत्पादन र व्यापार दुवै घट्यो, ‘फिक्स डिपोजिट’ झिकेर कर्मचारीलाई तलब
सङ्कटमा वैद्यखाना: औषधि उत्पादन र व्यापार दुवै घट्यो, ‘फिक्स डिपोजिट’ झिकेर कर्मचारीलाई तलब देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना उत्पादन र व्यापार दुवै घटेपछि सङ्कटमा परेको छ । २०५२ सालदेखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो। तर अहिले औषधि उत्पादन र...
गीतबाट ब्रेक लिने एडेलको घोषणा
गीतबाट ब्रेक लिने एडेलको घोषणा आगामी मार्चमा हुने यो शो केही समयका लागि रोक्ने निणर्य लिएको उनले उल्लेख गरेकी छन्। उनको यो घोषणाले उनका फ्यान निरास बनेका छन्। ‘दुःखको कुरा यो छ कि मैले आफ्नो खराब स्वास्थ्यको अगाडि हार स्विकार्नु पर्‍यो । म ‘बेगास रेजिडेन्सी शो’ रोक्दै छु । शोको अन्तिम चरणको दौरान म बिरामी...
ग्लोबल आईएमई बैंकका ३५ शाखाले एकैपटक गरे वित्तीय साक्षरता कार्यक्रम, ४ हजार बढीको सहभागिता
ग्लोबल आईएमई बैंकका ३५ शाखाले एकैपटक गरे वित्तीय साक्षरता कार्यक्रम, ४ हजार बढीको सहभागिता ग्लोबल आईएमई बैंक लिमिटेडका ३५ वटा शाखाले एकैपटक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन्। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गको पहिचान गरी सातै प्रदेशमा रहेका शाखाहरूले कार्यक्रम सञ्चालन गरेका बैंकले जनाएको छ। कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू,...
Weather Update