News Griha :: न्यूजगृह
 व्याकुल वैद्यखानालाई पुनः स्थापित गर्न सकिन्छ?
 व्याकुल वैद्यखानालाई पुनः स्थापित गर्न सकिन्छ? कुनै बेला देशमा उत्पादित आयुर्वेद औषधिको ८० प्रतिशत हिस्सा ओगटेको सिंहदरबार वैद्यखानाको व्यापार यतिबेला ठप्प जस्तै छ। सरकारी स्वामित्वमा रहेको एक मात्र आयुर्वेदिक औषधि उद्योग वैद्यखानालाई सरकारले नै बेवास्ता गर्न थालेपछि उत्पादन र व्यापार दुवै सङ्कटमा परेको छ। जडीबुटीको क्षेत्रमा प्रचुर सम्भावना बोकेको नेपालमा देशकै सबैभन्दा पुरानो औषधि उत्पादन गर्ने...
आइतबारसम्म काठमाडौंसहित पहाडी भूभागमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा
आइतबारसम्म काठमाडौंसहित पहाडी भूभागमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा पश्चिमी वायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौं उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ। मौसमविद् डा. विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए। 
टिपरको ठक्करले जीपमा सवार तीनजनाको मृत्यु
टिपरको ठक्करले जीपमा सवार तीनजनाको मृत्यु मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।टिपरले जीपलाई ठक्कर दिँदा जीपमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको जीपलाई प्रदेश ०२- ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो।
संविधानअनुरूप बन्नुपर्ने कानुनहरू बनाउन सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
संविधानअनुरूप बन्नुपर्ने कानुनहरू बनाउन सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानअनुरूप बन्नुपर्ने कानुनहरू बनाउन सरकार गम्भीर भएर लागिरहेको बताएका छन्। उनले सरकारले संविधानप्रदत्त हक र अधिकारहरूको क्रमशः सुनिश्चितता गर्दै अघि बढेको दाबी गरे। शुक्रबार बिहान भरतपुरमा प्रधानमन्त्री दाहालले भने, ‘संविधान अनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको छ। संविधानप्रदत्त हकहरूको क्रमशः कार्यान्वयन हुँदै...
गोठमा आगलागी हुँदा जलेर बर्दियामा एक जनाको मृत्यु
गोठमा आगलागी हुँदा जलेर बर्दियामा एक जनाको मृत्यु आगलागीपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ। आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिरामको शव जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ।बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँका दरले कारोबार भएको थियो।
युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी
युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्।रुस-युक्रेन युद्धको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूले सघाएको भन्दा कडा आलोचना गरे। साथै उनले पश्चिमा देशहरूले युक्रेनलाई साथ दिइरहेमा रुस पनि आणविक हतियार प्रयोग गर्न बाध्य...
त्रिकोणात्मक टी-२० सिरिज: दबाबमा नेपाल, नामिबियालाई हराउनै पर्ने  
त्रिकोणात्मक टी-२० सिरिज: दबाबमा नेपाल, नामिबियालाई हराउनै पर्ने   नेपालले भोलि शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ। आइतबार नामिबिया र नेदरल्याण्ड्स भिड्नेछन्। नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक पर्दछ। आजको खेलमा जित बाहेक अन्य विकल्प छैन। नेपाल आज पराजित हुँदा नामिबिया र नेदरल्याण्ड्स फाइनल खेल्ने पक्का हुनेछ।
राष्ट्रिय सभा बैठक बस्दै, सम्पत्ति शुद्धीकरण विधेयकमाथि छलफल हुने कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै, सम्पत्ति शुद्धीकरण विधेयकमाथि छलफल हुने कार्यसूची कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 'सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। त्यस्तै आजको बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले बिमस्टेक बडापत्र प्रस्तुत गर्नेछन्। 
उपनिर्वाचनको तयारीमा रास्वपा, ६ सांसद इलाम जाँदै
उपनिर्वाचनको तयारीमा रास्वपा, ६ सांसद इलाम जाँदै सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल  माङसेबुङ गाउँपालिका र असिम साह फाकफोकथुम गाउँपालिकामा परिचालित हुनेछन्। इलाममा रहँदा सबै सांसदले स्थानीयसँग भेटघाट र छलफल गर्ने रास्वपाले जनाएको छ। 
आज र भोलि वर्षाको सम्भावना, यी स्थानमा पर्ने छ पानी
आज र भोलि वर्षाको सम्भावना, यी स्थानमा पर्ने छ पानी आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
Weather Update