
काठमाडौं– नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा शुक्रबार नामिबियासँग खेल्दैछ। खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।
नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो। नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो।
नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ। आजको खेलमा पराजित भएमा नेपाल औपचारिकरूपमै फाइनल दौडबाट बाहिरिनेछ।
नेपाललाई २ र नामिबियालाई ५९ रनले हराउँदै नेदरल्याण्ड्स शीर्षस्थानमा छ।
नेपालले भोलि शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ। आइतबार नामिबिया र नेदरल्याण्ड्स भिड्नेछन्। नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक पर्दछ। आजको खेलमा जित बाहेक अन्य विकल्प छैन। नेपाल आज पराजित हुँदा नामिबिया र नेदरल्याण्ड्स फाइनल खेल्ने पक्का हुनेछ।