News Griha :: न्यूजगृह
नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ।

टीयू क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। 

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ। आरिफ शेख, अभिनाश बोहरा र अनिल साह आज टोलीमा छन्।

ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन्। नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो। नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो। नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ। आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रूपमै फाइनल दौडबाट बाहिरिनेछ।  

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:२९
Weather Update