भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के भयो? शुक्रबार, फागुन १८, २०८०

जोर्डनसँग नेपाल टाइब्रेकरमा पराजित शुक्रबार, फागुन १८, २०८० जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेटमा २-२ को बराबरीमा सकिएपछि नेपाल टाइब्रेकरमा जोर्डनसँग पराजित भएको हो। टाइब्रेकरमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो। नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन्।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल शुक्रबार, फागुन १८, २०८० आज मिति २०८० फागुण १८ गते बिहीबार। तदअनुसार १ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

चितवनको होस्टेलमा बालिका मृत्युको घटना शंकास्पद, बलात्कारपछि हत्या भएको परिवारको दाबी बिहीबार, फागुन १७, २०८० गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालीनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत शालीन १२ फागुनमा सोही स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। उक्त घटनाको सत्यतथ्य छानविन गर्न पोखरेलले...

आमा बन्दै दीपिका पादुकोण, डेलिभरी डेट कहिले? बिहीबार, फागुन १७, २०८० बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छन्। उनले आगामी सेप्टेम्बरमा पहिलो सन्तानलाई जन्म दिँदै छन्। दीपिकाले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी छन्। यो खबर सार्वजनिक भएसँगै अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिकाका फ्यानहरू खुशी भएका छन्।

कैलालीमा १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ बिहीबार, फागुन १७, २०८० चौधरीले ती बालिकालाई ललाइ फकाई स्थानीय कैलाशेश्वर सामुदायिक वन भित्र लगेर जबरजस्ती करणी गरेको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। घटनाबारे इलाका प्रहरी कार्यालय टीकापुरले थप अनुसन्धान गरिरहेको छ ।

हाजिर जमानीमा रिहा भए 'पीडित' लघुवित्तका ऋणीहरू बिहीबार, फागुन १७, २०८० उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरू फागुन १४ गते नाराबाजी गर्दै संसद् भवन प्रवेश गरेका थिए।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २१ गते बिहीबार, फागुन १७, २०८० उनीहरूको सपथ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन आग्रह गरिएको छ।

प्रभावकारी बन्दै प्रहरीको ‘क्विक रेस्पोन्स’, सेवाग्राही निकै उत्साहित बिहीबार, फागुन १७, २०८० प्रहरी प्रधान कार्यालयले नागरिकको गुनासो, उजुरी तथा सुझावलगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर (क्विक रेस्पोन्स) कोडको व्यवस्थालाई विस्तार गरिरहेको छ। उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा क्यूआर कोड ल्याइएको प्रधान कार्यालयले जनाएको छ।

शिक्षामन्त्रीको दाबी– त्रिविमा उपकुलपतिको नियुक्ति निष्पक्ष छ बिहीबार, फागुन १७, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया निष्पक्ष, कानुन सम्मत र व्यवहार कुशलताको हिसाबले उपयुक्त भएको दाबी गरेका छन्। उपकुलपतिलाई काम गर्ने वातावरण बनाउन सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने मन्त्री राईको भनाइ छ।

धितोभन्दा १ अर्ब रुपैयाँ बढी ऋण प्रवाह गरी जग्गामा लगानी! बिहीबार, फागुन १७, २०८० प्रभु बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेले मिलेमतोमा ऋण प्रवाह गरी जग्गामा लगानी गरेको पाइएको छ। धितोबाट हुन आउनेभन्दा करिब १ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह गरेको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले न्यौपानेमाथि अनुसन्धान गरिरहेको छ।

प्रतिष्ठा जोगाउनुपर्ने चुनावका लागि कांग्रेस एमालेलाई उम्मेदवार छान्नै महाभारत! बिहीबार, फागुन १७, २०८० लगातार एमालेले जितेको क्षेत्र भएकाले एमालेलाई यो उपनिर्वाचन प्रतिष्ठाको विषय बनेको छ। नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का यसअघि ११४ मतले मात्र पराजित भएकाले कांग्रेस पनि नतिजा उल्ट्याउने रणनीतिकका साथ निर्वाचनमा होमिने भएको छ। निर्वाचन मिति नजिकिँदै गर्दा अहिले नेकपा एमाले भित्र को उम्मेदवार बन्ने भन्ने होड देखिएको छ। मंगलबारमात्र...

शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति बिहीबार, फागुन १७, २०८० कुटपिट तथा अङ्गभङ्गको कसुरमा पक्राउ परेकी सामाजिक अभियन्ता भनिएकी शर्मिला वाइबामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले बुधबारदेखि लागू हुने गरी वाइबामाथि अनुसन्धानका लागि ४ दिनको म्याद दिएको हो।









