News Griha :: न्यूजगृह
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल

आज मिति २०८० फागुण १८ गते बिहीबार। तदअनुसार १ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। लगानीतर्फ लागत बढ्नेछ। पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ। प्रतिस्पर्धीहरू बाट सावधान रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। ईर्ष्यालु मन भएकाहरूले अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला। बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। नियमित काम सम्पादन हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
 नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
 टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस् शुभकामना। 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०५:५५
Weather Update