News Griha :: न्यूजगृह
आमा बन्दै दीपिका पादुकोण, डेलिभरी डेट कहिले?

काठमाडौं– बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छन्। उनले आगामी सेप्टेम्बरमा पहिलो सन्तानलाई जन्म दिँदै छन्। दीपिकाले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी छन्। यो खबर सार्वजनिक भएसँगै अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिकाका फ्यानहरू खुशी भएका छन्।

गत दुई महिना यता दीपिका गर्भवती रहेको चर्चा बाहिर आइरहेको थियो। रणवीर र दीपिकाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन्। तर, दीपिकाले सामाजिक सञ्जालमा आफू आमा बन्न लागेको खबर सार्वजनिक गर्नासाथ चर्चा सत्य पुष्टि भएको छ।

दीपिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा डेलिभरी डेटसहित जानकारी दिएकी छन् । ‘बेबी सेप्टेम्बर २०२४’ उनले लेखेकी छन्। यो पोस्ट आएसँगै कमेन्टको बाढी लागेको छ । बलिउडका सेलिब्रेटीहरुले बधाई दिइरहेका छन्।

हालै सम्पन्न बाफ्टा अवार्डमा सहभागी भएपछि दीपिकाको एक भिडिओ इन्स्टाग्राममा सार्वजनिक भएको थियो । भिडिओमा उनको बेबी बम्प स्पष्ट देखिन्थ्यो । यो भिडिओसँगै उनी गर्भवती भएको चर्चा बलिउडमा थियो। दीपिका र रणवीरले सन् २०१८ का नोभेम्बर १४ मा विवाह गरेका थिए।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २०:२३
Weather Update