News Griha :: न्यूजगृह
जनताको शक्ति बुझेमात्रै देश विकास हुन्छः रवि लामिछाने 
जनताको शक्ति बुझेमात्रै देश विकास हुन्छः रवि लामिछाने  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताएका छन्। भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढमा आयोजित उद्घाटन समारोहमा उनले मञ्च रहेको शक्तिले मञ्च तलको शक्तिलाई पहिचान गर्नुपर्ने र  यसो गर्न सके मात्रै देशले नयाँ रुप लिने बताए। मञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस...
फास्ट ट्रयाक २०८३ सालसम्म तयार हुन्छ: रक्षामन्त्री
फास्ट ट्रयाक २०८३ सालसम्म तयार हुन्छ: रक्षामन्त्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको काम २०८३ सालसम्म सम्पन्न हुने बताएका छन्।लगातार समयावधि र लगानी थप भइरहेको उक्त सडक आयोजनाको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ। काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भए तापनि २०८३ चैत मसान्तभित्र काम सकिने उनले बताए। 
रचनात्मक बन्न सकेन संसद, आरोप प्रत्यारोपमा अल्झिए सांसद 
रचनात्मक बन्न सकेन संसद, आरोप प्रत्यारोपमा अल्झिए सांसद  कानून निर्माण गर्ने थलो संघीय संसदको प्रतिनिधि सभा बैठक जनताको अवश्यकता परिपूर्ति गर्ने र समस्या समाधानमा केन्द्रित रहने भन्दा धेरै पक्ष र प्रतिपक्षीको अडान र रोष पोख्ने स्थान बन्दै गैरहेको छ। हिउँदे अधिवेशन सुरु भएपछि सदन चलेका दिन सरकारको काम कारबाहीलाई लिएर सडकदेखि उठेका जनताका प्रश्नमा सरकारको जवाफ माग्न निरन्तर...
नामिबियाविरुद्ध नेपालको जित
नामिबियाविरुद्ध नेपालको जित पहिले ब्याटिङ गरेको नेपालका  कुशल मल्ल ५५ रनमा नटआउट रहे। आशिफ शैखले ३१ रन बनाए। गुल्सन झा २६ रनमा पेभेलियन फर्किँदा दिपेन्द्रसिंह ऐरीले १६ रन जोडे। कप्तान रोहित पौडेल १० रन बनाएर आउट भए। करण केसी ७ रन, सोमपाल कामी २ रन बनाएर आउट हुँदा प्रतिश जीसी एक रनमा नटआउट...
दयाहाङ राईसँग विनोद चौधरीको ठट्टा– मैले १ वर्षमा कमाउने जति त एउटै फिल्मबाट कमाउनुहुन्छ होला
दयाहाङ राईसँग विनोद चौधरीको ठट्टा– मैले १ वर्षमा कमाउने जति त एउटै फिल्मबाट कमाउनुहुन्छ होला अभिनेता दयाहाङ राईको मूख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’ नयाँ वर्ष २०८१ मा रिलिज गर्ने तयारी छ। तर चलचित्र भने रिलिज अगाडि नै विभिन्न कारणले चर्चामा रहिरहेको छ। केही दिन अगाडि चलचित्रको टिजर समेत रिलिज भएको छ। टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।
रातो किताब देखाउँदै सांसदको प्रश्न– यहाँ आएका विकासका कार्यक्रम खोई?
रातो किताब देखाउँदै सांसदको प्रश्न– यहाँ आएका विकासका कार्यक्रम खोई? प्रतिनिधि सभाका जारी बैठक धेरै रोचक हुन थालेका छन्। बैठकमा सांसदहरूले विकासका काम बारे सरकारको खबरदारी गरे पनि सरकार मौन किन भन्दै कडा प्रश्न सोध्ने गरेका छन्। यस्ता रोचक किस्काको संख्या दैनिक बढ्दो छ। आजको संसदमा पनि १० मिनेट बोल्ने समय पाएका सांसद दिपक गिरीले हाम्रो खबरदारी सरकारले किन सुन्दैन...
काठमाडौं महानगर क्षेत्रभित्र ११८ औषधि पसल मापदण्ड विपरीत सञ्चालित
काठमाडौं महानगर क्षेत्रभित्र ११८ औषधि पसल मापदण्ड विपरीत सञ्चालित काठमाडौं महानगरपालिका क्षेत्रिभत्र ११८ वटा औषधि पसल (फार्मेसी)हरु मापदण्ड विपरीत सञ्चालित भएका पाइएको छ। काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको हो। 
देउवा भन्छन्– गठबन्धन केही हुँदैन
देउवा भन्छन्– गठबन्धन केही हुँदैन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन्। गठबन्धन केही नहुने देउवाको भनाइ छ। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन पुगेका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताए। 
नेपालले नामिबियालाई दियो १८१ रनको चुनौती
नेपालले नामिबियालाई दियो १८१ रनको चुनौती नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको चुनौती दिएको छ। टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८० रन बनायो। नेपालका लागि कुशल मल्ल ५५ रनमा नटआउट रहे। आशिफ शैखले ३१ रन बनाए। गुल्सन झा २६ रनमा...
मुस्लिम र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल मदारबाबामा मेला सुरु
मुस्लिम र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल मदारबाबामा मेला सुरु बहुधार्मिक साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला सुरु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गरेकी छन्। मुस्लिम र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको मदारबाबा मेलाको बिहीबार राज्यमन्त्री ठकुरीले उद्घाटन गरेकी हुन्।
संसद्‌मा जवाफ दिन भन्दै सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन
संसद्‌मा जवाफ दिन भन्दै सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा पाँचौं पटक रुलिङ गरेका छन्। सांसदहरुले आज (शुक्रबार)को बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन्। 
संसद् बैठकमा प्रतिपक्षी सांसदको व्यङ्ग्य– ‘प्रधानमन्त्री खोज्न’ उच्चस्तरीय समिति बनाऊ
संसद् बैठकमा प्रतिपक्षी सांसदको व्यङ्ग्य– ‘प्रधानमन्त्री खोज्न’ उच्चस्तरीय समिति बनाऊ नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि भन्दै व्यङ्ग्य गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद् स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।
Weather Update