चिसो भुँईमा मिटरब्याज पीडित [तस्बिरहरू] बिहीबार, फागुन १७, २०८०

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान बिहीबार, फागुन १७, २०८० भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि टेन्डर आह्वान गरेको छ। महानगरपालिकाले रङ्गशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो। रङ्गशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि...

गोङ्गबु र सामाखुसी क्षेत्रमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने बिहीबार, फागुन १७, २०८० आज पनि काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ।नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो।

काठमाडौं महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर बिहीबार, फागुन १७, २०८० चालु आवका लागि जम्मा १० अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको काठमाडौं महानगरले चालु आर्थिक महिनाको अवधि पार गरिसक्दा पाँच अर्ब ८० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ। चालु आवको अर्ध वार्षिक अवधिसम्म काठमाडौं महानगरको राजस्व सङ्कलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा महानगरको आम्दानी अन्य...
![धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित] बिहीबार, फागुन १७, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थोरै बढ्दा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो...

मकवानपुरको बकैया गाउँपालिकामा आज शोक बिदा बिहीबार, फागुन १७, २०८० मकवानपुरको बकैया गाउँपालिकाले बिहीबार शोक बिदा दिएको छ। बकैया-७ का वडा सदस्य रामकुमार तितुङको मृत्यु भएपछि पालिकाले शोक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थामा बिहीबार शोक बिदा दिएको उल्लेख छ।

वाफ महिला फुटबलको फाइनल आज, उपाधिका लागि नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुने बिहीबार, फागुन १७, २०८० पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि बिहीबार नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ।साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ। पहिलोपटक सहभागिता जनाएको नेपाल उपाधि चुम्दै इतिहास रच्ने दाउमा छ।

भारतका चार क्रिकेटरको तलब ७ करोड भारू, अन्य खेलाडीको कति? बिहीबार, फागुन १७, २०८० नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्। गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्। गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्याउने प्रमुख खेलाडी मध्येका एक रहेका अय्यरले बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरे पनि आफ्नो ग्रेड बी सम्झौता गुमाएका छन्।

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ घाइते बिहीबार, फागुन १७, २०८० काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन्।बुधबार साँझ साढे सात बजे महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको हो।झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन्।

कोशी र गण्डकीमा हल्का हिमपात, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान बिहीबार, फागुन १७, २०८० हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

समाचार चोरी गर्ने एक सय ८३ अनलाइनलाई कारबाही, हुबहु प्रवृत्ति निरूत्साहित गरिने बुधबार, फागुन १६, २०८० प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरी अन्तर्गत कारबाही गरेको छ। काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १ सय ८३ अनलाइन सञ्चार माध्यम तथा वेब पोर्टललाई कारबाही गरेको जनाएको...
-1708922852.jpg)
मिटरब्याज पीडितसँगको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने बुधबार, फागुन १६, २०८० उनले आफूहरूको माग फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, सम्पूर्ण चेकलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए। त्यस्तै साहुकारको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने पनि आफूहरूको माग रहेको उनको भनाई छ ।

ठूलोबुबाको घरमा गोली प्रहार गरी फिरौती माग्ने तीन जना पुर्पपक्षका लागि जेल चलान बुधबार, फागुन १६, २०८० जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। हेटौंडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।


![चिसो भुँईमा मिटरब्याज पीडित [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/tripal-muni-meterbyaj-pidit-8-1709178389.jpg)






