News Griha :: न्यूजगृह
वाफ महिला फुटबलको फाइनल आज, उपाधिका लागि नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुने

काठमाडौं– पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि बिहीबार नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ।

साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ। पहिलोपटक  सहभागिता जनाएको नेपाल उपाधि चुम्दै इतिहास रच्ने दाउमा छ।

जोर्डन पनि फाइनलमा नेपाललाई हराउँदै छैटौँ पटक उपाधि उचाल्ने योजनामा छ। डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा तीन गरी पाँच पटक उपाधि उचालेको छ ।

फाइनल खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ खेल्ने छैनन्। फ्रेन्च क्लब इभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

वाफमा सर्वाधिक ९ गोल गरेकी सावित्रा सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा अगाडि छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०६:४१
Weather Update