News Griha :: न्यूजगृह
गीतबाट ब्रेक लिने एडेलको घोषणा

काठमाडौं– पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले ‘लस भेगास रेजिडेन्सी’को शो स्थगित गरेको जानकारी दिएकी छन्। 

आगामी मार्चमा हुने यो शो केही समयका लागि रोक्ने निणर्य लिएको उनले उल्लेख गरेकी छन्। उनको यो घोषणाले उनका फ्यान निरास बनेका छन्। ‘दुःखको कुरा यो छ कि मैले आफ्नो खराब स्वास्थ्यको अगाडि हार स्विकार्नु पर्‍यो । म ‘बेगास रेजिडेन्सी शो’ रोक्दै छु । शोको अन्तिम चरणको दौरान म बिरामी थिएँ र पुनः शो शुरु हुनुअघि मलाई पूर्ण स्वस्थ हुन समय नै मिलेन । यसकारण म पुनः बिरामी भएकी छु । यसको असर मेरो स्वरमा परेको छ,’ उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘डाक्टरले मलाई पूर्णरूपमा आराम गर्न सल्लाह दिएका छन्। योबाहेक मसँग कुनै विकल्प नै छैन। यो सिजनको बाँकी ५ शो को तारिख स्थगित गरेकी छु।’ 

‘विकेन्ड विद एडेल शो’को मार्चको सबै तारिख स्थगित गरिएको छ। एडिलको यो शो १५ जुनमा समापन हुँदै थियो। उनले गत वर्ष स्टेजमा दर्शकमाझ नजिक रहेर प्रस्तुत हुन पाउँदा आफ्ना लागि असाधारण अनुभव रहेको बताएकी छन्। ‘शोका दौरान केही राम्रा र भावनात्मक सम्झना मेरो हृदयमा सदाका लागि बसेको छ। जुन म जीवनभर भुल्दिनँ। यो शोले स्टेजमा रहनु कति मजेदार छ भन्ने महसुस गराएको छ’, उनले भनेकी छन्। 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:०३
Weather Update