सुनको मूल्य बढ्यो, चाँदी स्थिर
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार, ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० ११:४६