
काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध जितका लागि नेपालले १८५ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो।
नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे। आक्रामक सुरुवात गर्दै नेपाललाई दबाबमा राखेका उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडे। यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन बनाए।
स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे। तेजा निदमनुरुले ३१ रन जोडे। उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे।
नेपालका लागि करन केसी र कुशल मल्लले समान १–१ रन जोडे। नेदरल्यान्ड्सका २ जना ब्याटर भने रनआउट भएका थिए।
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल मंगलबार नामिबियासँग २० रनले पराजित भएको थियो।