कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल मंगलबार, फागुन १५, २०८०

सर्लाहीको बरहथवामा मारिएका जयशंकरका परिवारलाई १० लाख रुपैयाँ दिइने सोमबार, फागुन १४, २०८० सर्लाहीको बरहथवामा गत पुस २० गते भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका ३० वर्षीय जयशंकर साहका परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका साहका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

संसद् भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो सोमबार, फागुन १४, २०८० नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालयले एकैसाथ जिम्मेवारीबाट हटाएको छ।

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन र सिफारिस गर्ने जिम्मा कानुन र ऊर्जामन्त्रीलाई सोमबार, फागुन १४, २०८० सरकारले बालकुमारी घटनामा दुई युवाको ज्यान जानेगरि भएको घटनाको प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र प्रतिवेदनको अध्ययन गरि सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिएको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी...
सरकारले टेरपुच्छर लाउँदैन सभामुखको रुलिङ सोमबार, फागुन १४, २०८० २०४६ को राजनीतिक परिवर्तनपछिका सबैजसो सभामुखको एउटै गुनासो हुने गरेको छ- सरकारले आफूलाई टेरेन अर्थात् टेरपुच्छर लाउन छाड्यो। पञ्चायत ढलेपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगाना र तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला त एकअर्काका प्रतिद्वन्दी जस्तै लाग्थे। सभामुखमाथि प्रतिपक्षतिर ढल्केको आरोप थियो भने संसद्लाई टेरपुच्छर नलाएको भनेर प्रधानमन्त्री आलोचित...

भजन शिरोमणि भक्तराज आचार्यको निधन सोमबार, फागुन १४, २०८० उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन्। आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन्। उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन्। आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्।

कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता, दोषी ठहरिए हुनसक्छ ३ देखि ७ वर्षसम्म कैद सोमबार, फागुन १४, २०८० त्यसैगरी संहिताको दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने सम्बन्धी कसुर उल्लेख छ । यदि कसैले कसैलाई यौन दुर्व्यवहार गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। पीडित महिलाले ऐनका यी दफाहरूमा टेकेर आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको उल्लेख गरी सजाय गरी क्षतिपूर्तिसमेत दिलाइ पाउन माग...

लघुवित्त पीडित संसद् भवन छिरेकोबारे छानबिन गर्न एसएसपी नेतृत्वमा समिति गठन सोमबार, फागुन १४, २०८० निषेधित क्षेत्र तोडेर लघुवित्त पीडित नयाँबानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो। समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका...

भारतीय गजल गायक पंकज उदासको निधन सोमबार, फागुन १४, २०८० पंकजको परिवारले एक विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेका छन्। ‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उदासको दुःखद निधनको जानकारी दिँदै दुःखी छौं। पंकज के बिरामी थिए भन्ने जानकारी हामीले अहिलेसम्म पाएका छैनौँ,’ विज्ञप्तिमा भनिएको छ।

बझाङमा छिमेकीको हत्या आरोपमा बाबुछोरा पक्राउ सोमबार, फागुन १४, २०८० बझाङमा छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले बाबुछोरालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–७ सुबेडाको किमतोलीका ४० वर्षीय रामप्रसाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक पक्राउ परेका हुन्।

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक सोमबार, फागुन १४, २०८० निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १९१० मा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए।

वैवाहिक बलात्कार घटनाका आरोपितलाई आरजु र रक्षामन्त्रीको संरक्षण! सोमबार, फागुन १४, २०८० विभिन्न मागहरू राख्दै धर्ना बसिरहेका धादिङका लेखनाथ पौडेल वर्तमान सरकारसँग मात्रै नभई विगतमा सरकार चलाउनेहरूसँग पनि आक्रोशित छन्। अहिलेसम्म सत्ता चलाएका कसैले पनि जनताको पक्षमा रहेर काम गर्न नसकेको उनको आरोप छ। वर्तमान सरकारको झन उनी आलोचना गरेर थाकेनन्। उनले भने, ‘यो सरकार जनताको सरकार होइन, सरकारले जनताको पक्षमा काम...

संसद् भवन प्रवेश गरे लघुवित्त पीडित, ४९ जना पक्राउ सोमबार, फागुन १४, २०८० निषेधित क्षेत्र तोडेर नयाँबानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले पक्राउ गरेको छ। संसद् भवनमा प्रवेश गरेको आरोपमा ४८ जना महिला र १ पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए। निषेधित क्षेत्र तोड्न खोज्नेहरू लघुवित्त प्रभावित हुन्। उनीहरूलाई प्रहरी वृत्त नयाँ...









