संसद् भवन प्रवेश गरे लघुवित्त पीडित, ४९ जना पक्राउ

काठमाडौं– निषेधित क्षेत्र तोडेर नयाँबानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले पक्राउ गरेको छ।
संसद् भवनमा प्रवेश गरेको आरोपमा ४८ जना महिला र १ पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए। निषेधित क्षेत्र तोड्न खोज्नेहरू लघुवित्त प्रभावित हुन्। उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १५:०६













